बीमा गर्दा गर्नै नहुने केही गल्ती, यी कुरामा हुनै पर्छ बीमितहरु सचेत

२६ चैत्र २०७८, शनिबार १५:१८

पछिल्लो समय नेपाली समाजमा पनि बीमा बिषयमा आम जनमानस माँझ जनचेतना फैलिरहेको पाइन्छ ।
जोखिम बहन गर्ने भएका कारण बिस्तार स्वास्थ्य बीमा, पशुपालनको बीमा, कृषि बीमा, दुर्घटना बीमा गर्ने गरेको पाइन्छ । तर बीमा जुन रुपले बिस्तार हुनु पर्ने हो त्यो चाहि अझै पनि हुन सकेको छैन । दुर्गम बस्तीमा बीमा अभिकर्ता नपुगेको र सहरमुखी भएको गुनासो बेला बखत आइरहेको पाइन्छ । सहरका धनी ब्यक्तिहरुको घरको ढोका मात्र बीमा अभिकर्ता पुग्दा अझै बीमा क्षेत्र ग्रामिणमुखी हुन सकेको छैन।
बीमा गर्दा सबैभन्दा पहिला बीमितले बीमा कम्पनीका कस्तो हो बीमाका प्रस्तावहरु के के छन दाबी भुक्तानी उक्त बीमाको कतिको सहज छ भन्ने बारे बुझ्नु जरुरी हुन्छ ।

बीमित बीमा गर्ने सुरु गर्ने पूर्व बीमा गर्ने इच्छा हुदाँ उस्ले बीमा कसरी गरीन्छ बीमाको पहिलो शर्त के हुन्छ भन्ने विषयमा राम्रासँग ज्ञान राख्नु गर्दछ । बीमा गर्नु पूर्व बीमितले बीमाका शर्त के के हुन्छ त्यो कम्पनीको बारे राम्रोसँग अध्ययन र जानकारी लिनु पर्दछ ।
बीमितले त्यसपछि त्यस कम्पनीले गर्ने बीमा, त्यसको प्रकार र प्रकृति सबै थाहा पाइसकेपछि सोही कम्पनीबाट बीमा गर्ने कुरामा ढुक्क हुनुपर्दछ । बीमा गर्ने निश्चित भएपछि बीमा प्रस्ताव फारम भरिन्छ । प्रस्ताव फारम भनेको बिमित र बीमा गरिने करार वा सम्झौताको प्रारम्भिक कागजात हो ।

यसमा बिमितले बिमकलाई उपलब्ध गराउनुपर्ने सम्पूर्ण जानकारी प्रस्तुत गरिएको हुन्छ र यही फारमबाट बीमा कम्पनीले बिमित र जोखिमको बारेमा जानकारी लिने गर्दछ । यसमा माग गरिएका सम्पूर्ण विवरण सत्य तथ्य रुपमा उपलब्ध गराउनु बिमितको कर्तव्य हुन आउँछ । झुठो विवरणले क्षतिपूर्तिमा गर्दछ ।

बीमितले भर्नु पर्ने फारामको नमुना बीमाको प्रकारको आधारमा फरक फकर हुने गर्दछ । जीवन बीमा गर्दा नाम, पेशा, लिंग, पुरा ठेगाना, व्यवसाय, रोजगारदाता, विवाहित वा अविवाहित, शिक्षा, उमेर, आयस्रोत, जीवन बीमाको उद्देश्य, किसिम, बीमांक रकम, भुक्तानी प्रक्रिया, बीमाशुल्क आदि सबै कुरा उल्लेख गर्नुपर्दछ । यसबाहेक, स्वास्थ्य स्थितिको पूर्ण विवरण पनि यसमा प्रस्तुत गर्नुपर्दछ । सम्पत्तिको बीमा गर्दा सम्पत्ति रहेको स्थान, त्यसको भोगचलन गर्ने तरिका, अपनाइएको सुरक्षा व्यवस्था, बीमांक आदि सम्पूर्ण विवरण भर्नुपर्दछ ।
सवारी बीमा अन्तर्गत निजी, व्यवसायिक र निजी मोटर साइकलको बीमा गरिन्छ । सवारी साधनको बीमामा बिमितको आफ्नौ सवारी साधनको अलवा तेस्रोपक्षको जनधनको हानी नोक्सानीको पनि क्षतिपुर्ति समेत समावेश हुँदा यस्तो यस्तो बीमालेखलाई व्यापक बीमालेख भन्ने प्रचलन छ । अन्य बेहोराको हकमा लगानीकर्ताको नाम, सम्पत्तिको किसिम, भवनको बनोट बीमाङ्क, बीमा अवधि र आफुले सुरक्षण गर्न चाहेको बीमा जोखिमहरुको विवरण समेत भर्नुपर्दछ ।

बीमितले जुन सुनै बीमा प्रस्तावको फाराम भरे पनि सोधिएका सबैं कुराको सत्य तथ्य जानकारी दिनु पर्ने हुन्छ । बीमितले सहि जानकारी नदिएको खण्डमा जोखिम बहन हुन सक्दैन यस कुरामा बीमित सचेत हुनु पर्दछ ।

फाराम गर्दा सम्बन्धी प्रश्नको उत्तर सफा अनि स्पष्ट केरमेट नहुने गरी तयार पार्नुपर्ने हुन्छ । कोही प्रस्तावकले फारम भर्दा इमानदार भएर र झुठो विवरण पेशा गर्यो भने बीमा कम्पनी क्षतिपूर्ति दिन बाध्य हुँदैन ।

बीमितले आफ्नो पेशा लगायत सम्पूर्ण विवरण बीमा कम्पनीलाई सत्य तथ्य जानकारी दिनुपर्ने हुन्छ । बीमितहरुको आवश्यक कागजात सत्य तथ्य नहुदाँ बीमितले दाबी भुक्तानी नपाउने तथा बीमा गर्नुको औचित्य नै अन्त्य हुने सम्भावना हुन्छ । त्यसैले बीमा प्रस्ताव फारममा स्पष्ट कुरा खुलाउनुपर्ने हुन्छ । यसका साथै बीमितले आफुले इच्छाएको ब्यक्तिको विवरण समेत सहि भर्नु पर्ने हुन्छ ।

अर्को अर्थमा बीमितले प्रस्तुत गरेको आधारमा बीमा कम्पनीले जोखिम मूल्यांकन गर्दछ र सोही अनुरुप यथोचित बीमाशुल्क निर्धारण गर्दछ । त्यसैले प्रस्ताव फारम भर्दा अत्यन्त होसियारीपूर्वक र गम्भीरताका साथ भर्नु बिमितको कर्तव्य हुनजान्छ । बीमा पूर्ण सद्विश्वासको करार हुँदा बीमा कम्पनी प्रस्तावकले घोषणा गरेको तथ्यमा भरपरी करार गर्न मन्जुर गरेको हुन्छ ।

बीमा गर्दा यस्तामा बीमित सधै चलाख हुनुपर्ने हुन्छ साथै बीमितले आवश्यक कागजात संकलन गर्दा बीमा कम्पनीमा सत्य तथ्य कागजात बुझाउनुपर्ने हुन्छ । यी यस्ता कुरामा बीमितले बीमा गर्नु पूर्व विचार गर्ने सके साँच्चै बीमा जीवन उपयोगी हुन सक्छ । (नियामक निकाय बीमा समितिका पाठ्यसामग्री लगायतका विभिन्न स्रोतबाट पत्रकार दीपक बिष्टले तयार पारेको सामग्री)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*