सरकार असफल बनाउन बालकोटको गोटी बन्दा अन्ततः निलम्वनमा परे गभर्नर अधिकारी

२५ चैत्र २०७८, शुक्रबार २२:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज सरकारले निलम्वन गरेको छ । मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्वन गरेको हो ।

उनीसँग अर्थमन्त्री जनार्दन शर्मा सुरुदेखि नै असन्तुष्ट थिए । कारण थियो, पद नेपाल राष्ट्र बैंकको गभर्नर अनि सेवा भने सरकार विरोधी केपी शर्मा ओलीको गरिरहेका थिए । करिब ११ महिनादेखि श्रृंखलाबद्ध रुपमा सरकारलाई सहयोग गर्ने भन्दा ओलीको सेवा चाकडीमा लिप्त भएको दर्जनौं सूचिहरु पढेपछि प्रधानमन्त्री शेर बहादुर देउवा समेत गभर्नर अधिकारीलाई निलम्वन गर्न सहमत भएको जनाइएको छ ।

गभर्नर अधिकारीलाई हटाउने वा अर्थमन्त्रीसँग सहमति नभएको चर्चा चलेको छ महिनाभन्दा लामो समय बितिसकेको छ । मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री शर्मा देशको अर्थतन्त्र अत्यन्तै संवेदनशील हुने भएकोले गभर्नरलाई नचलाउने भन्ने कुरामा दृढ थिए । नेपाली काग्रेस सम्बद्ध केही व्यक्तिहरुले आफू गभर्नर हुन प्रम देउवासँग गभर्नर फेर्न प्रस्ताव लिएर नगएको पनि होइनन् ।

तर, अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई राजनीतिक आस्थाको आधारमा नभई राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभवसहित भएकोले राष्ट्र बैंकमा नेतृत्व परिवर्तन भन्दा पनि समाजवादी नीति लागू गर्ने रणनीतिमा थिए । जसको कारण बाहिर मिडियामा गभर्नरबारे अनेकौं कुराहरु आउँदा समेत अर्थमन्त्री गभर्नरबारे मौन नै बसे । एक दिनको कुरा हो, राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले नै अर्थमन्त्री शर्मालाई क्रिप्टोकरेन्सीबारे बोल्न उक्साए । त्यसमा पनि अर्थमन्त्री मौन बस्दै आएका थिए ।

समय यस्तो आयो, अब अर्थमन्त्रीले चाहेर मात्रै रोकिने अवस्था थिएन । राष्ट्र बैंकमार्फत केपी ओलीले अर्थतन्त्रमा धेरै कुराहरु चलखेल गरिरहेको कुरा विभिन्न च्यानलमार्फत प्रधानमन्त्री शेर बहादुर देउवा कहाँ पुग्यो । यही सन्दर्भमा जोडियो एउटा डलर काण्ड । केही दिन पहिले दुई वर्षदेखि रोकिएको १२ लाख डलरको विषयलाई गभर्नर अधिकारीको समुहले केपी ओली कहाँ सूचना पुर्याए ४० करोड रुपैयाँ विदेशबाट माओवादीले ल्यायो, यसलाई भुक्तानी दिन अर्थमन्त्रीले निर्देशन दिएको सूचना पर्याइयो । सो सूचना बाल्कोट हुँदै मिडियामा सनसनी फैलाइयो । जब यसको वास्तविकता प्रम देउवाले समेत थाहा पाए अनि सरकारलाई असफल बनाउने योजनामा महाप्रसादहरुको भेला राष्ट्र बैंकमा हुने गरेको चर्चा चुलियो ।

र्थ मन्त्रालय अर्थतन्त्रमा रहेको समस्या सामान्य भन्दै आइरहेका थिए भने गभर्नर अधिकारी भने नेपाल श्रीलंकाको मोडलमा अघि बढिरहेको भन्दै सरकारलाई असहयोग हुने गरी भाषण गर्दै हिडिरहेको थिए । यी विविध कारणहरुले अन्ततः गभर्नर अधिकारी पदबाट निलम्वित हुनु परेको छ ।

अब उनीमाथि छानविन हुनेछ । सो छानविन समितिको प्रतिवेदनको आधारमा उनलाई बर्खास्त गरिनेछ । त्यसपछि मात्रै नयाँ गभर्नर नियुक्तीको मार्ग खुल्ला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*