उपकार लघुवित्तको आईपीओमा पहिलो दिन मै ५९ करोड रुपैयाँको आवेदन

२५ चैत्र २०७८, शुक्रबार १८:३३

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन मै ५९ करोड ९ लाख ९८ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार साझँ ५ बजेसम्ममा २ लाख २१ हजार १५६ जनाले ५९ लाख ९ हजार ९८० कित्ता आवेदन दिएका हुन ।

जुन आवेदन माग भन्दा २६.७२ गुणले बढी हो । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको जारी पुँजि ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सो जारी पुँजिको ३६ प्रतिशत दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागी खुल्ला गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीका लागि छुट्याइएको छ र पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी हुन आएको २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपिओ बाँडफाँड गोलाप्रथाको माध्यमबाट हुने भएकोले न्यूनतम् १० कित्ताका लागि आवेदन दिनु उत्तम हुनेछ । उक्त आइपीओमा इच्छुक लगानीकर्ताले चैत २५ गतेदेखि चैत २९ गतेससम्म आवेदन दिन पाउनेछन् ।
आवेदन दिनको लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*