आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण आज बस्दैछ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजे बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
त्यस्तै सभाले संचालकहरुको भत्ता, सुविधा बृद्धि गर्ने, कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विषयलाई सशोधन गर्ने प्रस्तावहरु समेत सो सभाले पारित गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीको अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।