सबैको लघुवित्तद्धारा ग्राहकहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको हो ।
संस्थाले चैत २१ गतेदेखि २३ गतेसम्म गुल्मीको गौंडाकोटमा गरेको ३ दिने तालिममा आफ्ना ३५ जना ग्राहक सदस्य तथा तिनका अभिभावकहरुको सहभागिता रहेको थियो । यस किसिमको तालिमले ग्राहकहरुमा ब्राखापालन गरि आय आर्जन गर्ने बाटो तयार हुने विश्वास संस्थाले लिएको छ । उक्त तालिममा प्रशिक्षकका रुपमा हरिप्रसाद कँडेल, पवन कुमार श्रेष्ठ, विक्रम उपाध्याय र विपना खनाल रहेका थिए।
गुल्मी दरबार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रुपमा मीना भण्डारी कार्यक्रमकी प्रमुख अतिथिका रुपमा रहेकी थिइन । भण्डारीले कार्यक्रमको समापनको दिन तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेकी थिएन् ।