इन्स्योरेन्स इस्टिच्यूट नेपालको साधारणसभा सम्पन्न, संचालकमा विरेन्द्र वैदवार क्षेत्री र रमा दाहाल नियुक्त

२५ चैत्र २०७८, शुक्रबार १६:१८

काठमाडौं । इन्स्योरेन्स इस्टिच्यूट नेपालको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा नारायणचौर नक्सालस्थित ग्रिन लिभस रेष्टुरेन्टमा इन्स्टिच्यूटका अध्यक्ष राजुरमण पौडलको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्ययक्षबाट पेश हुने आर्थिक बर्ष ०७७र७८को बार्षिक प्रतिवेदन प्रस्ताव, लेखापरिक्षकको प्रस्ताव र लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताप पारित गरेको छ।
त्यस्तै, समितिमा रिक्त दुई संचालक समेत पारित गरेको छ । आजको सभाले संचालकमा सिद्धार्थ इस्योरेन्सका सिईओ विरेन्द्र वैदवार क्षेत्री र स्वतन्त्र संचालकमा एफआइआई रमा दाहालाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्स इस्टिच्यूट नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले इस्टिच्यूटको गतिविधि र भावि योजनाको बारेमा प्रस्तुती दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*