सिभिल लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
२५ चैत्र २०७८, शुक्रबार १५:१५
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरि उक्त १ दिने कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा लघुवित्तका शाखाका सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पु¥याएको छ ।