ज्योति विकास बैंकको नयाँ शाखा लहान र कटानीमा

२५ चैत्र २०७८, शुक्रबार १२:५८

काठमाडौं । ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चैत २४ गते बिहिबार लहान र कटानीमा शाखा कार्यालयको शुभारम्भ गरेको हो ।

बैंकले लहान नगरपालिका वडा न ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्का र कटानी नगरपालिका वडा न ४ उदयपुरस्थित कटानी शाखाको कटानी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका हुन ।

उक्त दुई बिस्तारित शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्वीआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक ÷मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*