ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २७ हजार ८२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी ऋषीराम ज्ञवालीको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको १ हजार ४८४ कित्ता, जयन्द्र बहादुर राज भण्डारीको १४ हजार २८४ कित्ता, सुनिता अग्रवालको १ लाख कित्ता, मिलन थापाले १ लाख कित्ता, गुमान सिजाली थापाले ८ हजार २९५ कित्ता, भिमेन्द्र बहादुर शिलवालले १४ हजाार २८३ कित्ता, बसन्तराज अधिकारीले २० हजार कित्ता, बोध प्रसाद त्रिपाठीले ३० हजार, घनश्याम अधिकारीले १४ हजार २८३ कित्ता, विजय कुमार चौधरीले १५ हजार ४३ कित्ता र कृष्ण् प्रसाद श्रेष्ठले ५ हजार ५ सय कित्ता शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र बैंकका रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।