अपि पावरको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । अपि पावर कम्पनी लिमिटडले आज (चैत २५) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गरेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा मा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ। यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।