लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?

२५ चैत्र २०७८, शुक्रबार ०८:५६

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो ।

इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३७ लाख ३७ हजार ६९८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गर्नेछ । र अन्य निर्जिबन बीमा कम्पनीसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीतर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट २ जना संचालक समिति निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ २०७९ साल वैशाख १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले मात्र प्रस्तावि लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*