५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण

२४ चैत्र २०७८, बिहीबार १७:५९

काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ ।

बीमा समितिले अभिकर्ताहरुको सहजताको लागि चैत ८ गतेदेखि अनलाइनबाटै नविकरण गर्ने प्रणालीको शुभारम्भ गरेको थियो । समितिले अनलाईन नविकरण शुभारम्भ गरेको १६ दिनमा ५३ हजार भन्दा बढीले आवेदन दिईसकेका छन् । बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्तसम्ममा नविकरण गराईसक्नुपर्ने हुन्छ । यदि कारणवस चैतमा नविकरण बुझाउन नसकेको खण्डमा विलम्ब शुल्क समेत भुक्तानी गर्नु पर्ने हुन्छ ।

नियम अनुसार चैत मसान्तभित्रमा नविकरण नगरेमा बैशाख र जेठ महिनासम्म मासिक ५० रूपैयाँ अभिकर्तालाई र मासिक ५०० रूपैयाँ सर्भेयरलाई जरिवना लाग्नेछ। असार १ गतेबाट भने मासिक क्रमशः ५ रूपैयाँ र ५० रूपैयाँ दैनिक जरिवना लाग्नेछ।

अभिकर्ता र सर्भेयरहरुले असोज मसान्तसम्ममा नविकरण गर्न पाउने सुविधा बीमा समितिले दिएको छ । तर त्यसवापत विलम्ब शुल्क भने तिर्नुपर्ने प्रावधान पनि रहेको छ।

त्यस्तै, कात्तिक मसान्तसम्म नविकरण नगर्ने सर्भेयरको लाइसेन्स भने पाँच बर्षको लागि लाईसेन्स स्वतः खारेज हुने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*