आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका लागि मूल्य समायोजनपछिको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा आइतबार कम्पनीको कारोबार खुल्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावि लाभांश पारित गर्न कम्पनीले वैशाख ९ गते लैनचौर बंैक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।