बिजय लघुवित्तको ५ लाख ३४ हजार बोनस शेयर सूचीकृत
२४ चैत्र २०७८, बिहीबार १६:०२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २०.०३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको २० प्रतिशत दरका ५ लाख ३४ हजार २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।