श्रीलंका जस्तो आर्थिक संकटको अवस्था नेपालमा आँउदैन : गुणाकर भट्ट
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको र आत्तिनुपर्ने स्थिती नरहेको बताए ।
श्रीलंकाको जस्तो आर्थिक संकटको अवस्थामा नेपालमा नरहेको कुरा कार्यक्रममा सपष्ट पारेका छन् ।‘श्रीलंकाको आन्तरिक र बाहृय ऋण जिडीपीको ११७ प्रतिशत ऋण छ, हामीसँग तुलना गर्नु उचित नरहेको कार्यक्रममा व्यक्त गरे ।
अर्थतन्त्र भयावह अवस्थामा पुगे स्थिती छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको कार्यक्रममा बताए ।हाम्रो अर्थतन्त्रमा सकारात्मक पक्षहरु पनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ । ‘नेपालमा अर्थतन्त्रको समस्या देखिएको हो, तर श्रीलंकाकै जस्तो अवस्थामा हामी पुगेका छैनौं । अर्थतन्त्रको विषयमा हामी छलफल गरिरहेका छौं , ’ उनले भने ।
यस्तै समस्या आउँछ भनेर हामीले मंगलबार बैंकका सिइओहरुसँग बसेर अति आवश्यक नरहेका वस्तुहरुको आयात घटाउन जोड दिन आग्रह गरिसकेका छौ ।भोलि जोखिम आउछ कि भन्ने प्रक्षेपणका कारण राष्ट्र बैंकले त्यहि अनुरुपको तयारी गरिसकेको उनले कार्यक्रममा बताए ।
‘पछिल्लो समय विदेशी मुद्रा स्फितीमा चाप बढिरहेको छ तर आत्तिहाल्नुपर्ने अवस्था छैन’ उनले भने । साथै उनले रसिया र युक्रेनबीचको युद्धको कारण पनि नेपालमा अर्थतन्त्रको समस्या बढ्दै गएको बताए । पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण विदेशी विनिमय संचिती ठूलो दबाबमा रहेको उनको भनाई छ ।
वैदेशिक रोजगारीको अवस्था हेर्दा, रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के संकेत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ । अर्थतन्त्रको पक्ष सकारात्मक छन् । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चूनौति क्रमिक रुपमा समाधान गर्न सक्छौं ।’ उनले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने कुरा व्यक्त गरे ।
बढ्दो अर्थतन्त्र समस्यालाई सन्तुलन गर्न विप्रेषणमा बृद्धि, आयातमा नियन्त्रण र वैदेशिक लगानी भित्र्यानमा जोड जस्ता अर्थतन्त्रका स्रोतहरुलाई पहिल्यान आवश्यक रहेको उनले बताए । ‘चालु आर्थिक वर्षको ८ महिनाको अन्तरालमा मात्रै ४ लाख मानिहरु बाहिरिएका छन्, यसअर्थमा पनि विप्रेषण बढ्न सक्ने प्रक्ष्येपण गर्न सकिन्छ’, उनले भने, ‘कोभिड–१९ महामारीपछि यस आर्थिक वर्षको ७ महिनामा एफडिआई १६ अर्ब भित्रिएको छ । ’
उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साईटमात्रै नभएको दाबी गरे । उनले भने,‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन् । अर्थतन्त्र सामान्य अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ।