शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । आर्थिक संकटकाबीच निरन्तर ओरालो लागेको शेयरबजार आज ३५ अंकले बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रपैयाँको कारोबार भएको छ ।
आज शेयरको मात्रा र कारोबार रकम समेत बढ्न पुगेको छ । केही दिनयता कारोबार रकम २ अर्ब तल सीमित हुन पुगेको छ । घट्दो शोधानान्तर स्थिती र विदेशी विनिमय संचिती घट्नुले शेयरबजारमा प्रभाव पारेको देखिएको छ ।
आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ५ करोड ६ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।