प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

२४ चैत्र २०७८, बिहीबार १४:२७

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या तथा न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको हुदाँ उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २४ गते) १५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

साथै, बिक्री गर्ने संस्थापकहरुको नाम, बिक्री मूल्यका सम्बन्धमा कम्पनीको सचिवको कार्यालयमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*