एनसीसी बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
२४ चैत्र २०७८, बिहीबार १२:२५
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको २६ लाख ६३ हजार ६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित गरेको मिति(चैत २४ गते) ले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय बागबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नआएको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।