रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५ जि नेपाली बजारमा

२४ चैत्र २०७८, बिहीबार १२:०८

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जि नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो । शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित पंडाज्युले भने, “हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पुर्याउन चाहन्छौँ । हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जि ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ । रेडमि नोट ११ प्रोमा Snapdragon ® 695 र रेडमि नोट ११ एस् मा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ । हाम्रो विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिन्छन् । यि दुइटै फोनहरुमा ५००० mAh को उच्च क्षमताको ब्याट्रि राखिएको छ ।

उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा
१०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ । १/१.५२ को सामसँग ज्ःद्द सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरु लिन सक्छ ।
यसको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ ।

FHD± AMOLED DotDisplay, 120Hz को रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी
120Hz को रिफ्रेस रेट र 360Hz सम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो ५जि को ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ। यी २ वटै फोनमा DCI–P3 वाइड कलर गेमुट सहितको FHD± AMOLED डट डिस्प्ले रहेको छ जसमा जिवन्त रङहरु र राम्रो डिटेलहरु देख्न सकिन्छ साथै १२०० निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ ।

ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् ।

पावर र स्पिडको जोडदार संयोजन
पावरफुल पर्फर्मेन्सको लागि रेडमि नोट ११ प्रो ५जी मा अड्भान्स्ड अक्टा कोर Snapdragon® 695 प्रोसेसर प्रयोग गरिएको छ । यस्तै रेडमि नोट ११ एस् फ्ल्यागशिप लेभल टल टेक्नोलोजी, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो G96 प्रोसेसर, ८ जिबि RAM र ५जि सपोर्ट गर्ने चिपसेट सहित आउँछ ।

साथै यो दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ । रेडमि नोट ११ प्रो ५न् मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस् मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुल चार्ज गर्न सक्छ ।

बजारमा उपलब्धता
रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो ५न् ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६जिबि+१२८ जिबि र ८जिबि + १२८ जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन् ।

नेपाली बजारमा रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जि को मुल्य
रेडमि नोट ११ एस
जिबि+१२८ जिबि– रु २९,९९९
८जिबि + १२८ – रु ३१,९९९
रेडमि नोट ११ प्रो ५जि
६जिबि+१२८ जिबि– रु ३६,९९९
८जिबि + १२८ जबि – रु ३९,९९९

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*