आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२४ चैत्र २०७८, बिहीबार ०८:१६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुमात्र उक्त सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश पारितका लागि कम्पनीले २४औं वार्षिक साधारण सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको छ ।

उक्त सभाले कम्पनीको अधिकृत पूँजी बृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पुयाउने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गर्नेछ ।

आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*