महालक्ष्मी विकास बैंकद्धारा नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण सहयोग
काठमाडौं ।महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल बाल संगठनलाई सहयोग गरेको छ । बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो ।
बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो । बैंकको उक्त सहयोग कार्यक्रममा बोल्दै संगठनका प्रमुख कार्यकारी अधिकृत अजय कुमार शाहले सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
यस बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।