जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
२३ चैत्र २०७८, बुधबार १७:३६
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५१ हजार ३५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (चैत २३ गते)ले ३५ दिन भित्र कम्पनीको प्रमुख कार्यालय जनकपुरमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।