नेपालको जीडीपी चालु आर्थिक वर्षमा ३.९% ले वृद्धि हुने एडीबीको प्रक्षेपण

२३ चैत्र २०७८, बुधबार १७:२३

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले ले वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढ्दै गएकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ ।
विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा विलम्ब हुने देखिए पनि वृहत आर्थिक नीतिहरु अनुकुल भएमा प्रक्षेपण अनुसारको आर्थिक वृद्धि हुनसक्ने एडीबीले उल्लेख गरेको छ ।

त्यस्तै, कृषि क्षेत्रको वृद्धिदर भने केही खुम्चिने देखिएको छ । गत आर्थिक वर्षमा २।४५ रहेको कृषि क्षेत्रको वृद्धिदर यस वर्ष १।३५ मा सीमित हुने एडीवीले प्रक्षेपण गरेको छ । गत कात्तिकमा आएको बाढीका कारण धान उत्पादनमा ९५ गिरावट आएको बैंकले जनाएको छ । यस वर्ष औसत उपभोक्ता मूल्यवृद्धि दर ६।५५ रहने प्रक्षेपण छ । मूल्यवृद्धिमा तेलको भाउमा र ढुवानी लागतको महत्वपूर्ण भूमिका रहने बैंकले उल्लेख गरेको छ ।

एडीबीका अनुसार नेपाल सरकारका लागि निर्यात बढाउने र व्यापार घाटा कम गर्ने नीतिगत चुनौतीका रुपमा रहेका छन् । नेपालसँग ताजा र प्रशोधित कृषि उत्पादन निर्यातको सम्भावना धेरै भएपनि भौगोलिक दुर्गमता र बजारको पहुँचमा कमीले गर्दा निराशाजनक रहेको एडीबीको भनाई छ । साथै, पूर्वाधार अभावले समस्या झन जटिल बनाएको छ । उदाहरणका लागि, नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक देश हो । विश्वव्यापी अदुवा उत्पादनको ९५ हिस्सा नेपालले ओगटेको छ । अन्तर्राष्ट्रियस्तरमा प्रशोधित अदुवाको माग उच्च भएपनि नेपालले भने ठूलो मात्रामा काँचो अदुवा मात्र निर्यात गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*