प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
२३ चैत्र २०७८, बुधबार १७:१५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
आज कारोबार बन्द हुनुभन्दा अघि कायम ६४५ रुपैयाँका आधारमा नेप्सेले ७ प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम गरेको छ । उक्त मूल्यको आधारमा नै भोलि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख ११ गते साधारण सभा आह्वान गरेको छ ।