नेपाल लाइफका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण

२३ चैत्र २०७८, बुधबार १५:४०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा गोविन्द लाल संघई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले संघइलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरिसकेका छन् । उनले आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ ग्रहण गरेका छन् ।

संघाई नेपालमा प्रख्यात आसन्न व्यापारिक व्यक्ति हुन् । उनी उत्पादन, व्यापार र सेवाको विविध क्षेत्रमा संलग्न छन् । नेपालको अग्र औद्योगिक व्यापार समूह ‘त्रिवेणी ग्रुप’ जस्ता कम्पनीहरुसँग आबद्ध रहेका छन् ।

उनले नेपालको जीवन बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्पोरेट सल्लाहकार समेत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*