राष्ट्र उत्थान लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चाौथो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । केही दिनयता शेयरबजार निरन्तर घट्दो क्रममा छ ।
चरम आर्थिक संकटकाबीच शेयरबजारमा पनि घट्दो क्रममा रहेको छ । बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभाव र विदेशी मुद्रा संचिती घट्नुले पूँजीबजारमा प्रभाव परेको देखिएको छ ।
नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख २२ हजार ६३६ रुपैयाँको कारोबार भएको छ ।
करिब २ अर्बको कारोबार हुँदा आज सर्वाधिक राष्ट्र उत्थान लघुवित्तको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ८ करोड ९८ लाख ११ हजार ९२ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ८६ लाख, नबिल बैंकको ६ करोड ६४ लाख, शिवम् सिमेन्ट्सको ५ करोड २९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।