इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२३ चैत्र २०७८, बुधबार १५:१६
काठमाडौं । बुधबार नेप्सेमा गिरावट आएको छ । मंगलबार ४६अकंले घटेको नेप्से आज पनि २३.५० अकंले घटेको हो ।
पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा गिरावट आउदा कारोबार समेत १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा सिमित भएको हो ।
बुधबार नेप्से घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । कारोबार करिब २ अर्बमा सिमित हुदाँ इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ४.०७ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९२ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.७५ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ३.३३ प्रतिशतले घटेको हो ।