आर्थिक संकटकाबीच २६ अंकले घट्यो शेयरबजार, कारोबार करिब २ अर्बमा सीमित
काठमाडौं । साताको चाौथो दिन पनि शेयरबजारमा गिरावट आएको छ । पछिल्ल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण नेपाली पूँजीबजारमा समेत प्रभाव देखिएको हो ।
विदेशी मुद्रा संचिती घट्दै गएका कारण बैकिङ क्षेत्रमा बढेको तरलता अभावका कारण शेयरबजारमा उताचढाव देखिएको छ । आज नेप्से परिसूचक २६.०३ अंकले घटेर २४२६.०३ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख २२ हजार ६३६ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा मात्रा र कारोबार रकम दुवै घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले तरलता अभाव र बढ्दो आर्थिक संकट सन्तुलत गर्न नीतिगत कदम चालेपनि खासै सकारात्मक प्रभाव देखिएको छैन । यसकारण केहीसमययता शेयरबजार निरन्तर घट्दो क्रममा रहेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । होटल तथा पर्यटन समूह, अन्य समूह र म्युचुअल फण्ड समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक निर्जिबन बीमा समूहको १८६.८१ रुपैयाँले घटेको छ ।