जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा बीमा पोलिसी उपहार

२३ चैत्र २०७८, बुधबार १३:२२

काठमाडौं । बच्चाको जन्म दिनमा बीमा पोलीसी उपहार दिने चलन पछिल्लो समय तिव्रता पाएको छ । जन्म दिनलाई लक्षित गरी विभिन्न गिप्mट र उपहार दिनुको सट्टा बीमा योजना सहितको पोलीसी दिने चलन बढदै गएको छ ।

यसै बिच मकवानपुरको हेटौडा उपमहानगर–१३ बस्ने सितामाया गोलेले आफनी एक बर्षीय छोरी सियाना स्याङ्गतानलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएकी हुन । एशियन लाईफ इन्सोरेन्सको बाल उच्च शिक्षा योजना जन्म दिनको अवसरमा उपहार दिन पाउदाँ अत्यन्त गौरवान्वित भएको आमा गोलेको भनाई छ ।

एशियन लाइफ इन्सोरेन्स शाखा कार्यलय हेटौडामा बिमालेख फाइल दिदै केक काटी सियानाको जन्म दिन बुधबार मनाइएको हो । अभिकर्ता रिमा घलानले सियानाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि यो बीमा पोलीसी महत्वपुर्ण हुने बताइन ।

बिमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पुर्याउनुको साथै जोखिम बहन समेत गरेको शाखा प्रबन्धक हिरालाल श्रेष्ठले बताए । सो अवसरमा सेनियर एजेन्सी म्यानेजनर राजु साहको समेत उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*