चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब थपियो, कर्जा विस्तार ६ अर्ब

२३ चैत्र २०७८, बुधबार १२:२८

काठमाडौं । चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बढेको छ । चालु आवको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा विस्तार गरेका छन् ।

बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १८ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब कर्जा विस्तार गरेको छ । गत फागुनको अन्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ३३ अर्ब निक्षेप संकलन गरी ४१ खर्ब ७२ अर्ब कर्जा विस्ता गरेका थिए ।

चैत महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवै घटेको थियो । पहिलो सातामा निक्षेप ५ अर्ब तथा कर्जा लगानीमा ४ अर्ब घटेको थियो । त्यस्तै, दोस्रो सातासम्म वाणिज्य बैंकहरुमा २ अर्ब निक्षेप थपिएको थियो भने कर्जा प्रवाह पनि २ अर्ब नै थप गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*