४० प्रतिशत लाभांश पारित गर्न नेपाल टेलिकमको साधारण सभा भोलि बस्दै

२३ चैत्र २०७८, बुधबार १२:१६

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपरल छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गेतसम्म बुकक्लोज गरिसकेको छ । यसअनुसार चैत १० गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*