छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बाँडफाँड
२३ चैत्र २०७८, बुधबार ११:१८
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ ।
कम्पनीको ५९ हजार ८२७ कित्ता शेयरहरु चैत १ गतेदेखि चैत ९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु चैत १७ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत खोली चैत २२ गते निष्काशनकर्ता संचालक समितिले बाँडफाँड गरेको हो ।
साथै बोलपत्रवालाहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी चैत २४ गतेदेखि बोलपत्रवालाले उल्लेख गरेको बैंक खातामा जम्मा गरिने जानकारी गराएको छ ।