प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ चैत्र २०७८, बुधबार १०:३९

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षि गर्ने आज (चैत २३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २०औं वार्षिक साधारण सभा बैशाख ११ गते पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी बोलाएको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै कम्पनीले अधिकृत जारी तथा पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ बाट वृद्धि गरी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँ कायम गर्न र सोही बमोजिम कम्पनीको प्रबन्धक तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*