सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
२२ चैत्र २०७८, मंगलवार १६:५४
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हस्पिटलमा १० प्रतिशत छुट दिने गरि समझदारी भएको हो ।
उक्त समझदारी पश्चात बैंकका कार्ड बाहक ग्राहकहरुले बर्दिबास जनसेवा हस्पिटलले प्रदान गर्दै आइरहेका सम्पूर्ण सेवा सुविधामा १० प्रतिशत छुट दिने छ । यस्ता किसिमको सहकार्यले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्नेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने बैकका ग्राहकहरुलाई विभिन्न किसिमका सेवा सम्बन्धी समझदारी सिटिजन्स बैंकले गर्दै आइरहेको छ ।