नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

२२ चैत्र २०७८, मंगलवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको । संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज कारोबार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य १२७८.२० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १०७४ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजी २५ करोड ४९ लाख रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोही लाभांश पारित गर्न कम्पनीले वैशाख १० गते शनिबार प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*