बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, ३५ प्रतिशतमा पुग्यो बीमाको दायरा

२२ चैत्र २०७८, मंगलवार १४:२२

काठमाडौं । बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । बीमा तथ्यांक अनुसार फागुन मसान्तसम्ममा बीमाको दायरा साढे आठ प्रतिशत भन्दा धरैले बढेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनमा २६.८९ प्रतिशत रहेको बीमाको दायरा फागुनमा ३५.४४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको तुलनामा बीमाको दायरा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको तंथ्याकले देखाएको छ ।

बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा बीमाको दायरा ८.५५ प्रतिशतले बढेर ३५.४४ प्रतिशतमा पुगेको छ । यो बैदेशिक रोजगार (म्यादी बीमा ) सहितको तथ्यांक हो ।बैदेशिक रोजगार बाहेक पनि बीमाको दायरा ७.६२ प्रतिशतले बढेर ३२.६१ प्रतिशत पुगेको छ । गत साउनमा बैदेशिक रोजगार बाहेक बीमाको दायरा २४.९९ प्रतिशत रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस आर्थिक वर्ष भित्रै बीमा पहुँच एक तिहाई जनसंख्यामा पुर्याउने घोषणा गरेको थियो । उक्त लक्ष्य पूर्ण भएको छ । बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्ममा म्यादी बीमा र बैदेशिक रोगजार बीमा सहित ३५.४४ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । यो सरकारले चालु आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य भन्दा २.११ प्रतिशतले बढी होे ।

बीमा समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तीव्रता दिइरहेको छ । समितिले प्रदेश तथा स्थानिय सरकारसंग छलफलको कामलाई तिव्रता दिएसंगै दायरा विस्तारको लक्ष्य पूरा भएको बीमा समितिको भनाई छ ।

प्रदेश एवम् स्थानीय सरकारसँगको अन्तक्रिया कार्यक्रम र कम्पनीहरुको सक्रियताको कारण बीमाको दायरा बढ्न सहयोग पुगेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमापोष्टलाई बताएका छन् ।समितिले गत पुस देखि समुहिक बीमालेखलाई प्रतिव्यक्ति गणना गर्न थालिएको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गर्न थालिएकोले पनि बीमाको दायरा बढ्न पुगेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको फागुनम्ममा जीवन बीमालेख संख्या (म्यादी र बैदेशिक रोजगार बीमा बाहेक) ३८.३७ प्रतिशतले बढेर ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख जारी गरेको समितिको तथ्यांक छ ।यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि १७.६१ प्रतिशतले बढेर ८ लाख ५१ हजार ३१४ वटा जारी भएका छन् ।
त्यस्तै, अहिले बीमा कम्म्पनीहरुको कुल कार्यालय संख्या तीन हजार ३२९ रहेको छ भने बीमा कम्पनीहरुको कर्मचारी संख्या ११ हजार ८५२ रहेको छ । समीक्षा अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५ प्रतिशत र कर्मचारीहरुको संख्या ११ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*