सिटिजन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाद्धारा विद्यार्थीलाई ‘बीमा सचेतना कार्यक्रम’

२२ चैत्र २०७८, मंगलवार १३:२६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा रहेका ११ र १२ कक्षामा अध्यनरत ७० जना भन्दा बढी बिद्यार्थीहरुबीच बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बिद्यार्थिहरुलाई बीमाको परिचय, महत्त्व तथा बीमाको आवश्यक बारेमा प्रकाश पारिएको थियो । कम्पनिले आज सम्म आइपुग्दा नेपाल भरी रहेका बिद्यालय तथा कलेजहरुमा बिद्यार्थीसँग बीमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बिद्यार्थीमाझ बीमा सचेतना बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हेटौंडा शाखाका शाखा प्रमुख राधेश्याम आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रममा एजेन्सी म्यानेजर सपना कडेलले बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु र चूनौतीहरु बिषयमा प्रकाश पारेकी थिइन् । साथै बीमा अपरिहार्य भएको हुदाँ बिद्यार्थीमा बीमा चेतनाको स्तर बढाँउदा घर टोल समाज अनि राष्ट्रका सबै नागरिक समक्ष पुग्ने भएकोले पनि विद्यार्थीसंग बीमा कार्यक्रम गरिएको जानकारी दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*