मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

२१ चैत्र २०७८, सोमबार १८:४०

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त आर्थिक सहयोगले बिद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो बातावरण बताउनमा खर्च हुने जनाइएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

सो कार्यक्रममा बैंकका तर्फबाट प्रदेश १ का प्रमुख मनोज बिष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*