विविध कार्यक्रम सहित एशियन लाइफ इन्स्योरेन्सको चौधौंं वार्षिकोत्सव सम्पन्न

२१ चैत्र २०७८, सोमबार १७:५३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विविध कार्यक्रमका साथ चौधौंं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको हो ।

पन्ध्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ ।वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई मिति २०७८।१२।२१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा बालकोट,भक्तपुरस्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

साथै ४७ वटा शाखा कार्यालयहरुमार्फत् स्थानीय आश्रम, विद्यालय तथा अनाथालयहरुमा रु.४,७०,०००।– मूल्य बराबरको शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा निरन्तर चौध वर्षदेखि सहयोग पुयाउँदै सहयोग गर्ने बीमित र शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

देशभर रहेका १५१ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १४ वर्षको अवधिमा २०७८ फागुन मसान्तसम्ममा कुल ६ लाख ३४ हजार बीमालेख बिक्री गरी रु.३३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.३० अर्ब २४ करोड र कूल लगानी रु.३२ अर्ब ४३ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*