युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख रुपैंयाँको एफपीओ जारी गर्ने बोर्डसँग माग्यो अनुमति
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले चैत १७ गते बोर्डमा एफपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो ।
कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
युनिक नेपाल लघुवित्त घोडाघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो ।