प्राइम लाइफ इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त

२१ चैत्र २०७८, सोमबार १६:१३

काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गरेको छ । कम्पनीले दाहाललार्ई आज (चैत्र २१ गते) बाटै लागू हुने गरि उक्त पदमा नियुक्त गरेको हो ।

दाहाल विगत २० बर्ष भन्दा बढी बैक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा रहि कार्यरत छन् । प्राइमलाइफ इन्स्योरेन्स २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो । मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बिमा कम्पनीको परिचय बनाएको छ ।

कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बीमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*