दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

२१ चैत्र २०७८, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन नेप्से घटेको छ । साताको पहिलो दिन ३० अकंले घटेको नेप्से आज पनि १५.९४ अकंले घटेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । कारोबार साढे १ अर्बमा सिमित २ कम्पनीको शेयरमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, इमर्जिङ नेपालको ९.१२ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ३.१८ प्रतिशत, लिबर्टी इर्नजीको २.०१ प्रतिशत र सानिमा डिबेञ्चरको २ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*