बैंक अफ काठमाण्डूका ग्राहकले होटल हदाममा २० प्रतिशत छुट पाउने

२१ चैत्र २०७८, सोमबार १४:४५

काठमाडौं । बैंक अफ काठमाण्डू र पोखरास्थित होटल अदामबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी होटलमा भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशत छुट उपलब्ध गराउने विषयमा दुई संस्थाबिच सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरूले होटल अदाम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ठ २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ ।

होटल अदामले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*