कोष ब्यवस्थापन कम्पनीको साधारण सभा बैशाख १७ गते, के के छन् एजेण्डा ?
२१ चैत्र २०७८, सोमबार ११:४५
काठमाडौं । कोष ब्यवस्थापन कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा बैशाख १७ गतेका लागि बोलाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले सभा कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा सो दिन ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।