मेगा बैंकको १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा
२१ चैत्र २०७८, सोमबार १०:४५
काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई खुल्ला बिक्री गर्ने भएको छ । बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।
बैंकले फागुन १२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिर्दै ३५ दिने सूचना प्रकाशित गरेको थियो । तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौको शेयर शाखामा आवेदन पेश गर्ने सक्नेछन् ।