फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ प्रतिशतले बृद्धि, नेशनल र सन नेपाल लाइफको उल्लेख्य प्रगति

२० चैत्र २०७८, आईतवार २०:०४

काठमाडौं । तरलता अभावपछि उत्पन्न चरम आर्थिक संकटका बीचमा जीवन बीमा व्यवसायमा उल्लेख्य रुपमा बृद्धि भइरहेको बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले झल्काएको छ । समीक्षा अवधीमा नेशनल लाइफ अन्य पुराना कम्पनीहरुमा सबैभन्दा बढि प्रगति गरेको छ भने नयाँ कम्पनीहरु मध्येमा सन नेपाल लाइफले सबैभन्दा धेरै बृद्धि गर्न सफल भएको छ ।

आज प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तसम्ममा करिब १० अर्ब रुपैयाँले जीवन बीमा व्यवसाय विस्तार भएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.३३ प्रतिशतले बृद्धि भएको छ ।

बीमा समितिका अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । नेपाल लाइफले गत आवको तुलनामा सामान्य बृद्धि गरेको देखिएको छ । गत आवको आठ महिनामा कम्पनीले कूल २२ अर्ब ६७ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै दोस्रो नम्वरमा एलआईसी नेपालले ११ अर्ब ११ करोड ७७ लाख ६४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले जम्मा १० अर्ब ८८ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

तेस्रो नम्वरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको आठ महिनामा नौ अर्ब एक करोड १३ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले गत आवको समीक्षा अवधीमा सात अर्ब ८३ रुपैयाँ आम्दानी गरेको थियो ।

राष्टिय बीमा संस्थानले छ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँ कूल बीमा शूल्क आम्दानी गरेको छ । आठ महिनाको अवधीमा संस्थानले गत आवमा छ अर्ब ६२ करोड कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

युनियन लाइफले पाँच ५८ करोड २१ लाख ३६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीले चार अर्ब ६७ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब ५४ करोड २७ लाख १० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले जम्मा चार अर्ब चार करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो ।

त्यस्तै, मेट लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ५७ करोड २८ लाख ९४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीको कूल बीमा शुल्क आम्दानी तीन अर्ब ५१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ तीन अर्ब ४८ करोड १८ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । गत आवमा जम्मा दुई अर्ब सात करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा उल्लेख्य बृद्धि गर्नं सफल भएको हो ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ४२ करोड ७२ लाख ४२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीले तीन अर्ब दुई अर्ब ७५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै, सूर्या लाइफले तीन अर्ब २२ करोड ७३ लाख १४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले गत आवमा जम्मा दुई अर्ब ९६ करोड रुपैयाँ थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन मसान्तसम्ममा दुई अर्ब ७२ करोड ४१ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीले जम्मा एक अर्ब ४१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

ज्योति लाइफले दुई अर्ब ३४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले जम्मा एक अर्ब ९९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

पुरानो जीवन बीमा कम्पनी गुराँस लाइफले दुई अर्ब आठ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीले दुई अर्ब ६८ करोड कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

आईएमई लाइफले चालु आवको आठ महिनामा दुई अर्ब १४ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवको समीक्षा अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । रिलायबल नेपाल लाइफले फागुन मसान्तसम्ममा दुई अर्ब ६६ करोड रुपेयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएकोछ । कम्पनीले गत आवको आठ महिनामा एक अर्ब ८५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ३२ करोड रुपैयाँ कू्रल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले गत आवमा ८९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको आठ महिनामा एक अर्ब ५३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो ।

महालक्ष्मी लाइफले चालु आवको आठ महिनामा ९३ करोड २९ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा ६८ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवमा बृद्धि गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*