बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, १८ लाख ७० हजार जनाको आवेदन

२० चैत्र २०७८, आईतवार १९:०९

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने भोलि (चैत २१ गते) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म १८ लाख ७० हजार ७०९ जना आवेदनकहरुले २ करोड १२ लाख २६ हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् ।

जुन आवेदन माग भन्दा १२ दशमलव ७६ गुणाले बढी हो । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा सो कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि आइपीओ जारी गरेर सर्वसाधारणका लागि पनि शेयर निष्काशन गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा भोलि (चैत २१ गते) हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ । माग भन्दा बढी आवेदन परि सकेको हुदाँ छिटो अवधि कै निष्कासन बन्द हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*