ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता

२० चैत्र २०७८, आईतवार १८:२९

काठमाडौं । ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी र होटल सेन्ट्रल प्लाजाका बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका हुन् । बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरुमा थप छुट दिन सो सम्झौता गरेको हो। होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल हो ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*