बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, सूर्या लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३० अंकले घट्न पुगेको छ । आज शेयरबजार १.२१ प्रतिशतले गिरावट आउँदा कारोबार रकम समेत ह्वात्तै घटेको छ ।
नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि पछिल्लो समय कारोबारमा खासै बृद्धि भएको छैन । आज शेयरबजारमा जम्मा ३२ लाख भन्दा माथि कित्ता मात्रै खरिदबिक्री भएको छ । कम्पनीहरुको शेयर घटेतापनि पछिल्लो समय पूँजीबजारमा देखिएको उतारचढावका कारण लगानीकर्ताहरुले शेयर खरिदबिक्री नगरेको देखिएको छ ।
आज १ अर्ब माथिको कारोबार ह्ुँदा सर्वाधिक सूर्या लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेसँगै ९ करोड ७२ लाख ५१ हजार २६९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको ५ करोड १ लाख, नबिल बैंकको ४ करोड २४ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ८७ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।