तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २३ अकंले घटेको नेप्से आज भने ३०.८९ अकंले घटेको हो ।
आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज नेप्से ओरालो लाग्दा कारोबार समते खुम्चिन पुगेको हो । आइतबार कारोबार १ अर्ब ४६ करोड रुपैयाँमा सिमित हुदाँ तीन कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशत, एनआईबिएल समृद्धि फण्डको २.४९ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.४७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.४२ प्रतिशत र यूनियन लाईफ इन्स्योरेन्सको १. प्रतिशतले बढेको हो ।